
संदेश दाजु काठमाडौंको पपुलर स्कूलमा नेपाली पढाउनु हुन्छ l एकपल्ट दाजुले फेसबुक स्टाटस लेखी पोस्ट बटन दाबेर आफ्नो पोस्ट देखिएला भन्दै न्युज फिड हेरिरा बेला माथीबाट लुत्रुक्क एन.एस.ए सर्भिलेन्स सम्बन्धि पोस्ट झरेछ l संदेश दाजुको कम्पारो तात्यो l आफ्ना साथीले हेरुन भनेर लेखेको पोस्ट फेसबूक मार्फत घुमी फिरी कहाँ कहाँ पुग्दो रहेछ अनी त्यसमा अनेक थरिका मेसिनरी प्रोसेसिंग...